विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं. १ (१)बाट निर्वाचित प्रदेश सांसद कूल प्रसाद साम्बा (कुशल)लाई मातृशोक परेको छ ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २६ दिनदेखि उपचाररत लिम्बूकी आमा ८३ राममाया लिम्बूको आज बिहान निधन भएको हो ।
केही दिन अगाडि पथरीको समस्याका कारण पितथैली निकालिएको थियो भने टाउकोको समस्याले ग्रस्त लिम्बूकी आमाको उपचारको क्रममा आज बिहान निधन भएको हो । सांसद लिम्बूको बुबाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
लिम्बूको शव अस्पतालमै बिहान ८ बजेसम्म राखिने र मिक्लाजाुङ–३ घरमा लगेर दिउँसो १ बजे अन्तेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।