लोड हुँदैछ...

मेनु

कांग्रेस मोरङले शोकसभा गर्ने

कांग्रेस मोरङले शोकसभा गर्ने

विराटनगर । प्रजातन्त्रका योद्धा अशोक कोइरालाको ९औं पुण्य तिथिका दिन नेपाली कांग्रेस मोरङले शोकसभा आयोजना गर्ने भएको छ । नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा शोक सभा आयोजना गर्न लागिएको हो ।

प्रजातान्त्रिक योद्धा तथा नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको ९ औं पुण्य तिथिका दिन चैत १३ गते दिउँसो १ बजे जिल्ला पार्टी कार्यालय मोरङमा शोकसभा आयोजना गर्न लागिएको नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार शोकसभामा सहभागि हुन नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका केन्द्रीय नेताहरू विराटनगर आउनेछन् ।

शोकसभामा सहभागि हुन प्रदेश १ को १४ वटै जिल्लाका जिल्ला सभापतिहरू पनि विराटनगर आउने लिम्बुले जानकारी दिनुभयो । सो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मोरङको पुरानो सदरमुकाम रंगेलीमा कार्यकर्ता भेटघाटको कार्यक्रम राखिएको काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds