न्यूरोको मदर एण्ड चाइल्डमा डा.क्षेत्री

विराटनगर । विराटनगरको मदर एण्ड चाइल्ड अस्पतालको मेडिकल डाइरेक्टरमा डा.शैलजा क्षेत्री नियुक्त हुनुभएको छ ।

विराटनगर स्थित जहदा रोडमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटि अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्डको मेडिकल डाइरेक्टरमा नियुक्त गरिएको हो ।

धरान स्थित बिपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्त्री तथा प्रसुति सेवाको प्रोफेसरको रुपमा रहनुभएका डा.क्षेत्रीलाई अस्पताल स्थानान्तरण कार्यक्रममा यो जिम्मेवारी दिइएको अस्पताल प्रसाशनले जनाएको छ । डा.क्षेत्री प्रदेश नम्बर १ मै स्त्री तथा प्रसुती सम्बन्धी उपचारमा ख्याती प्राप्त डाक्टर भएको न्युरोले जनाएको छ ।

कोरोना महामारीपछि कोभिड अस्पताल बनाइएको न्युरोको महेन्द्र चौकस्थित मदर एण्ड चाइल्ड अस्पतालमा बिहीबारबाट सुचारु भएको छ । अस्पतालमा स्त्री तथा प्रसुति सेवा, जनरल सर्जरी सेवा, हाड जोर्नी सम्बन्धी सेवा, नवजात शिसु तथा बाल रोग सम्बन्धी सेवा, दन्तरोग सम्बन्धी सेवा, छाला तथा सौन्दर्य सम्बन्धी सेवा सुचारु भएको छ ।

अस्पतालका अध्यक्ष एवम् बरिष्ठ न्यूरोलोजिस्ट डा.बिरेन्द्रकुमार विष्टले न्यूरो हस्पिटल, कोभिड अस्पताल र मदर एण्ड चाइल्ड अस्पताल सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । कोभिडका कारण मदर एण्ड चाइल्डबाट न्युरो अस्पतालमा सारिएको सम्पूर्ण सेवा थप विभागहरुसहित मदर एण्ड चाइल्ड अस्पतालबाटै नियमित रुपमा प्रदान गरिने अस्पतालका अप्रेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्ट ,अस्पतालका डाइरेक्टर रञ्जितराज बस्नेत, मेडिकल डाइरेक्टर एवम् बरिष्ठ न्यूरो सर्जन डा.यमबहादुर रोकाको उपस्थिति थियो ।

शनिबार, ०१ फागुन, २०७७, दिउँसोको ०४:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर