प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरु सडकमा

काठमाडौं । असंवैधानिक रुपमा अल्पायुमै प्रतिनिधि सभा विघटन गरी मुलुकमा प्रतिगमनको खतरा निम्त्याएको निश्कर्षसहित नागरिक समाजका अगुवाहरु अब संस्थागत रुपमै सडक आन्दोलनमा ओर्लने भएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमले प्रतिगमनको आधार तयार गरेको भन्दै खबरदारी गर्न नागरिक अगुवाहरु सडकमा आउन लागेका हुन् ।

२०४६ र २०६२÷०६३ को आन्दोलनमा अग्रपंक्तिमा रहेका संस्था र नागरिक समाजका अगुवाहरुले मंगलबार नागरिक सभा गर्दैछन् । प्रज्ञा प्रतिष्ठानको डबलीमा सोमबार दिउँसो २ बजे नागरिक सभा गरेर उनीहरु सडकमै ओर्लिने भएका हुन् ।

सभामा मानव अधिकारवादी नेता कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तासिंह तामाङ, सिएन थारु र अपांंगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठ वक्ता छन् ।

नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले आइतबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको गलत क्रियाकलाप सच्याउँदै प्रतिनिधि सभा पुनः सुचारु हुने व्यवस्था आह्वान गरेका छन् । उनीहरुले प्रतिनिधिसभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षाविरोधी र मुलुकको हित विपरित भएको धारणा सार्वजनिक गरिसकेका छन् ।

सोमबार, २७ पुष, २०७७, बिहानको ११:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर