नेकपाको बहमुत स्थायी समितिको निर्णयः

अध्यक्षबाट ओली बर्खास्त, नेपाल अर्को अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बबरमहलमा सुरु भएको छ ।

बबरमहलस्थित कार्की व्यांक्वेटमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि कार्वाही गर्दै माधबकुमार नेपाललाई अर्को अध्यक्ष चयन गर्ने निर्णय हुँदैछ ।

केन्द्रीय कमिटी बैठकअघि बसेको स्थायी कमिटी बैठकले ओलीलाई बर्खास्त गरेर अध्यक्षमा माधवकुमार नेपाललाई प्रस्तावित गरेको छ। पार्टीको विधान र एकता गर्दाको सहमति अनुसार प्रचण्ड र नेपालले पालैपालो अध्यक्ष चलाउने निर्णय पनि स्थायी कमिटी बैठकले गरेको छ।

स्थायी कमिटीको बैठकले गरेको निर्णय केन्द्रीय कमिटीले पारित गर्नेछ । नेकपाको ४४६ सदस्य केन्द्रीय समिति सदस्यमध्ये करिब दुईतिहाई सदस्यको बैठकमा उपस्थिति छ ।

नेकपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। यसअघि ओली र प्रचण्ड अध्यक्ष रहेको पार्टी निर्णयको उल्लंघन र प्रतिनिधिसभा विघटन गरेपछि ओलीमाथि कार्वाही गरिएको हो ।

मङ्गलबार, ०७ पुष, २०७७, दिउँसोको ०२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर