लोड हुँदैछ...

मेनु

ओलीले १४० जनाको बैठकबाट थपे ५५६ केन्द्रीय सदस्य

ओलीले १४० जनाको बैठकबाट थपे ५५६ केन्द्रीय सदस्य

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समितिको बैठकले ५५६ जना नयाँ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको नेकपा ओली पक्षका १४० जना केन्द्रीय सदस्य उपस्थित बैठकले झण्डै चार गुणा बढी केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो ।

नेकपाको ४४६ जना केन्द्रीय सदस्य मध्ये करिव ३२ प्रतिशत सदस्य उपस्थित बैठकले उपस्थित संख्या भन्दा चार गुणा बढी सदस्य नियुक्त गर्ने निर्णय गर्दै १११९ सदस्यिय महाधिवेशन आयोजक समिति घोषणा गरेको हो ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।