ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपाको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको स्थायी समिति बैठकले पार्टी निर्णय लगातार उल्लघन गर्दै प्रतिनिधिसभा विघटनको निर्णय गरेको भन्दै कार्वाहीको निर्णय भएको हो ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले ओलीमाथि कार्वाहीको निर्णय गरेको हो । स्थायी समितिले गरेको निर्ण केन्द्रीय समितिको बैठकमा पेश गरेपछि औपचारिकता पाउनेछ ।

अनुशासनको कार्वाहीमा के गर्ने भन्ने निर्णय स्पष्ट खुलिसकेको छैन । स्थायी समिति बैठकले १० गतेको लागि तय गरिएको केन्द्रीय समितिको बैठक ७ गतेको लागि बोलाएको छ ।

बैकठले सरकारको संसद विघटनको भर्त्सना गरेको छ । सरकारको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गर्दै त्यसको भर्त्सना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । सरकारको गतल सिफारिस राष्ट्रपतिले स्वीकार गर्नुपनि असंवैधानिक भएको बैठकको निष्कर्ष छ ।

श्रेष्ठका अनुसार नेकपाले कानुनी उपचार खोज्ने भएको छ । बैठकले पूर्वसभामूख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय पनि गरेको छ ।

नेकपाको संसदीय दलको बैठक सोमबार १ बजे बानेश्वरमा बस्ने भएको छ । यस्तै सोमबार ३ बजे स्थायी कमिटी बैठक बस्नेछ ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओली निकट स्थायी समिति सदस्यहरु भने सहभागी भएनन् ।

आइतबार, ०५ पुष, २०७७, साँझको ०५:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर