गणतन्त्रमाथि ‘कू’ को प्रयासः प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले गणतन्त्रमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कू’ गर्ने प्रयास गरेको बताउनुभएको छ ।

ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरे लगत्तै प्रचण्डले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

संसद विघटनको तयारी भएको सूचनापछि छलफलका लागि बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न नमानेको बताइएको छ । गणतन्त्रमाथि ओलीले कू गरेको भन्दै प्रचण्डको ओलीको सिफारिस कार्यान्वयन हुन नसक्ने प्रतिक्रिया दिनुभएको उहाँका प्रेस संयोज विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।

संसद विघटन गर्ने सिफारिस बोकेर प्रधानमन्त्री ओली भने राष्ट्रपति निवास पुगेका छन् ।

आइतबार, ०५ पुष, २०७७, बिहानको ११:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर