काठमाडौं । संविधानको व्यवस्था र आफ्नै पार्टीलाई चुनौति दिँदै प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेका छन् ।
आफ्नै अक्षमताको कारण चौतर्फी आलोचित बनेको बेला नेकपा संसदीय दल र पार्टीका सबै कमिटिमा बहुमत गुमाएपछि ओली संसद विघटन गर्न राष्ट्रपतिसामु सिफारिस गरेका हुन् ।
प्रतिनिधिसभाबाट नयाँ सरकार गठन हुनसक्ने अवस्था रहेसम्म संसद विघटन नहुने संवैधानिक व्यवस्था छ । त्यसलाई उल्लंघन गर्दै ओलीले आइतबार आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएर संसद बिघटनको सिफारिस गरिएको निर्णय सुनाएका थिए ।
मन्त्रिपरिषद बैठकमा ओलीले संसद विघटनको निर्णय सुनाएर अरु कसैको सुझाब तथा प्रतिक्रिया नलिई हिँडेको एक मन्त्रीले बताएका छन् । प्रधानमन्त्री निस्केपछि मन्त्रीहरु आश्चर्यमा पर्दै आपसमा छलफल गरिरहेका छन् ।