विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको केही बेरपछि बस्ने स्थायी समितिको बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता सुरु भएको छ ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला दुई अध्यक्षबीच एक्लाएक्लै वार्ता भएको हो । प्रदेश ५ का मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल बिहान प्रधानमन्त्री तथा अध्यक्ष ओलीको दुतको रुपमा अर्का अध्यक्ष प्रचण्डलाई भेटन्न बिहानै निवासमा पुगेपछि दुई अध्यक्षबीच एक्लाएक्लै छलफलको वातावरण बनेको हो । भेटघाटमा अध्यादेश लगायत पछिल्लो समस्याको बारेमा छलफल हुने अनुमान गरिएको छ ।
आजै नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री समेत रहेका ओलीको सरकारी निवास बालुवाटारमा राखिएको अवस्थामा बैठकअघि दुई अध्यक्षबीच वार्ता भएको हो ।
संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ ।