ओलीको अनुपस्थितिमै नेकपा स्थायी समिति बस्यो

दुबै अध्यक्षका प्रस्ताव पेश गरेपछि ७ दिन बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिबीच आइतबार सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डको सम्बोधनपछि दुबै अध्यक्षका प्रस्ताव र पत्रहरुमाथि अध्ययन गर्न स्थायी समिति सदस्यहरुलाई मंसिर २८ सम्मको समय दिने निर्णय भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले यसअघि सचिबालय बैठकमा पेश गरेको प्रस्ताव र पत्रहरु पेश भएको थियो । ती प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अनुपस्थित रहेर पत्र पठाउयनुभएको थियो । सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएको पत्रमा प्रचण्डका प्रस्ताव बैठकमा छलफल गर्न लायक नरहेकोले बैठकमा अनुपस्थित भएको उल्लेख छ ।

स्थायी समितिको बैठक २८ गतेलाई बोलाईएपछि मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ । गएको भदौ २६ गते सम्पन्न स्थायी समितिको बैठकको निर्णय ओलीले अवज्ञा गरेपछि नेकपामा चर्को विवाद उत्पन्न भएको बेला स्थायी समिति बैठक सुरु भएको हो ।

ओलीले सचिबालय र स्थायी समिति बैठक नै बोलाउन नचाहेपनि प्रचण्डसहित सचिबालका बहुमत सदस्यको दबाबमा उनी निरिह बन्दै आएका छन् ।

 

आइतबार, २१ मंसिर, २०७७, साँझको ०५:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर