नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, अध्यक्ष ओली पनि सहभागी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

समझदारी नभई बैठकमा उपस्थित नहुने अडानमा रहनुभएका अध्यक्ष केपी शर्मा ओली पनि बैठकमा सहभागी हुनुभएको छ ।

सचिवालय बैठक अघि २५ दिन लामो सम्वाहीनता तोड्दै दुई अध्यक्षबीच बालुवाटारमै वान टु वान छलफल भएपछि अध्यक्ष एवम् प्रधानमन्त्री ओली बैठकमा बस्न तयार हुनुभएको हो ।

शनिबारको सचिवालय बैठकमा दुई अध्यक्षले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल आारम्भ हुने छ । छलफलपछि साझा प्रस्ताव बनाएर भोलिको स्थायी समिति बैठकमा पेश गर्ने वा दुवै प्रतिवेदन लैजाने भन्ने विषयमा दुई अध्यक्षबीच के संवाद वा सहमति भयो भन्ने कुरा भने स्पष्ट भइसकेको छैन ।

शनिबार, २० मंसिर, २०७७, दिउँसोको ०१:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर