विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बस्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्नुभएको छ । प्रधानमन्त्रीले अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुग्नुभएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको भेट नियमित भएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र शक्ति संघर्ष चुलिदै गएको र हिजोको सचिवालय बैठकमा अनुपस्थित भएर विवाद अझ उत्कर्षमा पुर्याउनुभएका प्रधानमन्त्री ओलीको यस भेटघाटलाई पनि नेताहरुले शंकाको दृष्टिले हेरेका छन ।
मंसिर १६ गतेको सचिवालय बैठकको दिन एउटा कार्यक्रममा चितवन जान लाग्नुभएका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रि लेखराज भट्टलाई राजधानी नछोड्न निर्देशन दिनुभएको थियो । अपरान्हको बैठक नियमित हो वा विशेष प्रस्ताव आउने सम्भावना छ भन्ने स्पष्ट भइसकेको छैन ।