लोड हुँदैछ...

मेनु

काँग्रेस नेता पौडेल गृहजिल्लाबाटै पक्राउ

काँग्रेस नेता पौडेल गृहजिल्लाबाटै पक्राउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले आफूलाई नियन्त्रणमा लिएको सूचना पौडेलले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्नुभएको छ ।

पौडेलसँगै प्रहरीले तनहुँ काँग्रेसका जिल्ला कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि हिरासतमा लिएको छ । गृहजिल्ला तनहुको व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।

उद्घाटन कार्यक्रममा नेकपाको अवरोध र प्रशासन लगाएर रोक्ने प्रयास भएपछि त्यसको विरोधमा जनस्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको काँग्रेसले जनाएको छ । पुल उद्घाटन रोक्न प्रशासनले सो क्षेत्रमा अपरान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो।

संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए । बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस महामारीका कारण धेरै मानिस भेला हुनु उपयुक्त नहुने भन्दै पुल उद्घाटन स्थगित गर्न  निषेधाज्ञा जारी गरेको गरेको थियो ।

निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको तनहुका डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।