नेकपा सचिबालयको बैठक सम्पन्नः अर्को बैठक मंसिर १६ गते धुम्बाराहीमा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिबालयको अर्को बैठक मंसिर १६ गते बस्नेगरि शनिबारको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुटारमा बसेको आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफी प्रतिवेदन पेश गर्नुभएको छ ।

बैठकमा ओलीले लिखित जवाफसहित पेश गरेको प्रतिवेदन र अध्ययक्ष प्रचण्डको प्रतिवेदनमाथि अध्ययन गरेर १६ गते अर्को बैठक बस्ने तय भएको हो । यसअघि मंसिर ३ गते बसेको सचिबालय बैठकले मंसिर १८ गते स्थायी समिति र २५ गते केन्द्रीय समितिको बैठक बस्ने मिति तय गरिसकेको छ ।

मंसिर १६ गते बस्ने सचिबालय बैठकपछि दुबै अध्यक्षले पेश गरेको प्रतिवेदन स्थायी समितिमा जाने एक नेताले जानकारी दिए । अबको बैठकमा दुबै प्रतिवेदनमाथि छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको उहाँको भनाइ छ ।

अबको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

 

शनिबार, १३ मंसिर, २०७७, दिउँसोको ०३:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर