नेकपा सचिवालय बैठक सुरु : दुवै अध्यक्षसहित सबै सदस्य सहभागी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टीका दुवै अध्यक्षको उपस्थितिमा बैठक सुरु भएको हो ।

दुवै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित सबै सदस्यहरु बैठकमा सहभागी हुनुभएको छ ।

पटक पटक बैठक सार्नका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको प्रयास सफल नभएपछि अन्ततः उहाँ बैठकमा सहभागी हुन सहमत बन्नुभएको हो । बिहानसम्म बैठक बस्ने कि नबस्ने र बैठकमा दुवै अध्यक्ष सहभागी हुृन्छन् कि हुँदैनन् भन्ने आशंका उत्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले सचिवालय बैठकसँगै समय जुधाएर मन्त्रिपरिषद्को बैठक राखेपछि अन्यौल बढेको थियो । पछि मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारिएको थियो ।

बुधबार, ०३ मंसिर, २०७७, दिउँसोको ०१:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर