लोड हुँदैछ...

मेनु

मोरङ कारागारका बन्दीमा मृत्युपछि कोरोना पुष्टि

मोरङ कारागारका बन्दीमा मृत्युपछि कोरोना पुष्टि

विराटनगर । मोरङ कारागारमा रहेका एक बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको इटहरी घर भएका २७ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यममा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार राति मृत्यु भएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेर परीक्षण गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको कोशी अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।