उर्लाबारी । मोरङको उर्लाबारीका एक कोरोना संक्रमितको बिहिबार बिहान घरमै मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका – २ कि ८४ वर्षीया कोरोना संक्रमित बृद्धाको घरमै मृत्यु भएको हो।
बृद्धालाई दुई दिनअघि विराटनगरस्थित विराट मेडिकल कलेजबाट थप उपचार हुन नसक्ने भएपछि घर ल्याईएको थियो । अस्पतालमै पिसिआर परीक्षण गर्दा बृद्धमा कोरोना पोजेटिभ भेटिएको थियो । बृद्धालाई होम आईसोलेसनमा राखिएको थियो भने उनका परिवार होम क्वारेन्टाईमा बस्दै आएका छन् ।
बृद्धाको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सुरेश खड्काले जानकारी दिनुभयो ।

