वीपीमा कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राती एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको अस्पताल भर्ना गरिएको १५ मिनेटमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अत्याधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका उनलाई मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजले रेफर गरेको थियो । राति ९ः३० बजेतिर प्रतिष्ठानमा भर्ना गरिएका उनको ९ः४५ बजे मृत्यु भएको हो ।

मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पनि पुरोना समस्या नरहेको परिवारले जनाएको छ । उनमा बुधबार नै कोरोना पोजेटिभ देखिएको थियो ।

बिहिबार, १५ असोज, २०७७, बिहानको ०९:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर