विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा बुधबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको हरिनगर २ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको नोबेलमा उपचारको क्रममा बिहान ७ः३० बजेतिर मृत्यु भएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई उपचारका लागि असोज ९ गते अस्पतालमा भर्ना गरिएको थियो । फोक्सो वार्डमा भर्ना गरि उपचारको क्रममा
उनमा सोमबार कोरोना पुष्टि भएको थियो ।
कोरोना देखिएपछि ती पुरुषलाई नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । मृतकमा उच्च रक्तचाप, ज्वरो र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । बुधबार विहान मात्र ३ जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी प्रतिष्ठानमा सप्तरीको राजविराजका पुरुष र कोशी कोभिड अस्पतालमा मोरङको जहदाका पुरुषको निधन भएको छ ।

