लोड हुँदैछ...

मेनु

प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाहलाई कोरोना

प्रधानमन्त्रीका निजी चिकित्सक डा. शाहलाई कोरोना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीनसमेत रहनुभएकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना देखिएको हो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको बताइएको छ ।

शाहको यसबीचमा प्रधानमन्त्रीसँग भेटघाट नभएको बुझिएको छ । प्रधानमन्त्रीको स्वास्थय अवस्था अहिले सामान्य रहेकोले लामो समयदेखि प्रधानमन्त्रीसँग भेटघाट नभएको शाहले जानकारी दिनुभयो ।

अनसनरत डाक्टर गोविन्द केसीसँग भने शाहको तीन दिनअघि भेट भएको खुलेको छ । केसी अहिले शिक्षण अस्पतालमै छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।