लोड हुँदैछ...

मेनु

भारतीय बजार जानेलाई दुई साता क्वारेन्टिनमा राखिने

भारतीय बजार जानेलाई दुई साता क्वारेन्टिनमा राखिने

विराटनगर । महामारीको रूपमा फैलिएको कारोना भाइरसको रोकथाम र नियन्त्रणको लागि नेपाल–भारको सीमा नाका शिल गरिएको भएपनि सुरक्षाकर्मीको आँखा छलेर विराटनगरको सिमावर्ती बजार जोगवनी जाने क्रममा रोकिएको छैन । उपभोक्ताहरु दैनिक उपभोग्य वस्तुदेखि विभिन्न सामाग्री खरिद गर्न जोगवनी जाने गरेका छन् ।

भारतमा कोरोना संक्रमणको दर व्यापक बनिरहेको बेला भारतीय बजार जानेप्रति प्रहरीले थप कडाई गर्ने भएको छ । प्रहरीको आँखा छलेर भारतीय बजार गएर नेपाल प्रवेश गर्नेलाई सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टिनमा लगेर राख्न थालेका छन् ।

प्रदेश १ को चार वटा नाका अनुमति लिएर नेपाल प्रवेश गर्ने बाहेक अन्यलाई प्रहरीले क्वारेन्टिनमा राख्न थालेको हो । प्रदेश १ को अहिले मोरङको जोगवनी, सुनसरीको भान्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपती नगर नाका बाहेक अन्यत्रबाट आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । यी नाका प्रयोग गर्दा पनि स्थानीय प्रशासनको अनुमति चाहिन्छ ।

सरकारले तोकेको नाकाबाहेक अन्यत्रबाट सुरक्षार्कीको आँखा छल्दै आवतजावत गर्नेलाई दुई साता क्वारेन्टिनमा राख्न सुरू गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो । भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रमा साना–ठूला ३६ वटा नाका रहेको छ । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य सामान खरिद गर्न उपभोक्ताहरू भारतीय सिमावर्ती बजार जाने क्रममा बढेपछि प्रशासनले कडाइ गरेको हो ।

‘सीमा नाका बन्द गरिएको अवस्थामा भारतीय बजार जानहरूलाई सुरक्षामा खटिएको सुरक्षाकर्मीले पक्राउ गर्न थालेका छन्’ प्रजिअ निरौलाले भन्नुभयो, ‘प्रहरीको आँखा छलेर कतैबाट भारत गएर नेपाल फर्किएकोे फेला पारे पक्राउ गरेर २ साता क्वारेन्टिनमा राखिन्छ । क्वारेन्टिनमा दुई साता राखेपछि पीसिआर परीक्षण गरेर रिपोर्ट नेभेटिभ आए मात्र घर जान दिने प्रशासनले जनाएको छ ।

इस्लामपुरको सिमा नाकामा भागाभाग
भारतीय बजारमा गएर नेपाल प्रवेश गर्नेहरूलाई सशस्त्र प्रहरीले पक्राउ गरी क्वारन्टिनमा लैजान प्रहरीको वानटेन गाडी सिमा नाका विराटनगर १७ इश्लामपुरमा राखेपछि भागाभाग भएको छ । बुधबार इश्लामपुरको नाका हुँदै विराटनगरदेखि पूर्वको विभिन्न सहरका उपभोक्ताहरू सिमावर्ती भारतीय बजार जोगवनी गएका थिए । चोरबाटो हुदै गएर फर्किनेहरूलाई क्वारेन्टिनमा लैजान सशस्त्र प्रहरी बल बिओपी रानीले इस्लामपुर नाकामा गाडी राखेको थियो ।

प्रहरीले क्वारेन्टिनमा लगेर दुई साता राख्ने गरेको चाल पाएपछि भारतीय बजार गएकाकाहरूको भागाभाग चल्यो । चोरबाटो हुँदै लुकीछुपी भारतीय बजार गएकालाई नियन्त्रणमा लिएर क्वारेन्टिनमा राख्न सशस्त्र प्रहरी बल बिओपी रानी विराटनगरका सशस्त्र प्रहरीका इन्सिपेक्टर मौसम पोखरेलको नेतृत्वको टोली परिचालन भएको थियो ।

‘करिब २ सयको संख्यामा भारतीय बजार गएका नेपालीहरू सीमा नाका इलास्मपुरमा जम्मा भएका थिए । सशस्त्र प्रहरीले क्वारेन्टिनमा लैजान ठूलो वानटेन गाडी सिमा नाकामा राखेपछि जम्मा भएकाहरूको भागदौड भयो,’ सिमा नाकाका एक प्रत्यक्षदर्शीले भने, ‘कोही भारतर्फ नै भागे । कोही नेपाल छिरे । कतिको खरिद गरेको सामान भागदौडमा भारत–नेपालको सिमा नाका इस्लामपुरको खोलाले बगायो ।’ प्रहरीले कडाइ गरेपछि सीमाबाट वारपार कम हुने विश्वास लिइएको छ ।

फोटो क्याप्सनः भारतीय बजारमा सामान खरिद गरेर विराटनगर १७ इश्लामपुर नाका जम्मा भएकाहरू

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Santosh gupta
September 26, 2020 10:13 PM

Bharat ma covid19 darlagdo xha Tara Kay jogbani ma 1uta Pani positive xha xhaina xha vanay data dekaunu .
Tara brt ma covid19 xha Kay jogbani saaman kina jaada covid19 hunxha vanayra tapai kasari vanu hunxha.
Sima chalay ra janu vanay apradh ho.

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 6 seconds