विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सिराहाको औरी–३ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार राति १२ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.दिनेश सापकोटाले जानकारी दिनुभयो ।
ती पुरुषलाई टाउको दुख्ने, उल्टी आउने जस्ता लक्षण देखिएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उनलाई भर्ना गरिएको थियो । सोही क्रममा विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई प्रतिष्ठान रेफर भएको सापकोटाले जानकारी दिनुभयो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।