विराटनगर । मोरङमा उपचाररत झापा भद्रपुरका एक जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ ।
विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत भद्रपुर नगरपालिका –१० का ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका वृद्धलाई सोमबार कोरोना पुष्टि भएको थियो । उनमा ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ । उनको मिर्गौलामा पनि समस्या देखिएको थियो ।
कलेजका आइसोलेसन इञ्चार्ज सुनील देवले मृतकको शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिनुभयो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५७ पुगेको छ ।

