सुनसरीमा मंगलबार ६८ संक्रमित थपिए

इटहरी । सुनसरीमा मंगलबार थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिकामा १४ पुरुष र १८ महिला, इटहरीमा ७ महिला र ११ पुरुष र दुहबी नगरपालिकामा ५ महिला र१२ पुरुषमा कोरोना देखिएको हो ।

मंगलबार थपिएका संक्रमितमध्ये दुई जना ट्राफिक प्रहरी छन् । धरान ८–स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४५ वर्षीय र २७ वर्षीय पुरुष ट्राफिक प्रहरीमा कोरोना देखिएको हो ।

यस्तै बीपी प्रतिष्ठानका एक नर्स र एक चिकित्सकको आवासमा कार्यरत १८ वर्षीया युवतीलाई पनि संक्रमण पुष्टि भएको हो । पछिल्लो समयमा ग्रामिण क्षेत्रमाभन्दा मानिसको बढी चहलपहल र भीडभाड हुने सुनसरीको सहरी क्षेत्रमा संक्रमितको संख्यामा वृद्धि भएको छ ।

योसँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १५३१ पुगेको छ । यीमध्ये ८७७ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।

मङ्गलबार, ०६ असोज, २०७७, दिउँसोको ०३:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर