सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मंगलबार निधन भएको छ।
सदरमुकाम सल्लेरीस्थित आफ्नै घरमा वडाध्यक्ष तामाङलाई करेन्ट लागेको थियो ।
उनलाई फाप्लु अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बूले जानकारी दिनुभयो ।
घरमा निर्माण सामग्री सार्दा हाइटेन्सन लाइनमा छोएर वडाध्यक्ष तामाङलाई करेन्ट लागेको बताइएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।