काठमाडौं । ‘हिम चितुवा’ उपनामले चर्चित विख्यात हिमआरोही आङरिता शेर्पाको निधन भएको छ ।

आङरिताको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको हो ।

आङरिता शेर्पा नेपालका विख्यात पर्वतारोही हुन्। सोलुखुम्बुको थामेमा जन्मिएका उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए । उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएकोले उनलाई ‘हिम चितुवा’ उपनाम दिइएको थियो।

पर्वतारोही शेर्पा लामो समयदेखि बिरामी थिए। उनी तीन वर्षअघिदेखि बिरामी परेर थलिएका थिए। १० पटक अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन सरकारले थप स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए।

उनको पार्थिव शरीरलाई अहिले शेर्पा गुम्बामा लैजाने तयारी भईरहेको छ। बुधबार बौद्ध धर्मअनुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ। उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए भने सन् १९९६ मा बिना अक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थिए।