विराटनगर । मोरङ क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा आइतबार मोदीलाई कोरोना पुष्टि भएको हो।
सामान्य ज्वरो आएपछि कोसी अस्पतालमा स्वाब संकलन गरेर परीक्षण गर्दा मोदीलाई कोरोना देखिएको हो । कोरोना देखिएपछि घरमै रहनुभएका मोदीलाई कोसी कोभिड अस्पताल ल्याउने तयारी भइहरेको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।