हतुवागढीकी उपाध्यक्षलाई धरानमा श्रद्धाञ्जली

धरान । उपचारको क्रममा निधन हुनुभएकी भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईलाई आइतबार सुनसरीको धरानमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

मृतक राईको पार्थिव शरीरमा राष्ट्रिय झण्डा र नेकपाको झण्डा ओढाएर सम्मान व्यक्त गरिएको थियो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेकपा प्रदेश १ कमिटि अध्यक्ष देवराज घिमिरेले पार्टीको झण्डा ओढाउनुभयो । यस्तै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मैदानमा श्रद्धाञ्जली राईको शव श्रद्धाञ्जलीको लागि राखिएको थियो । मृतक राईलाई श्रद्धाञ्जली व्यक्त गर्न सांसद उमिता वराइली, सावित्री श्रेष्ठ जोशीलगायत नेता तथा कार्यकर्ताहरु उपस्थित थिए । श्रद्धाञ्जलीपछि मृतक राईको पार्थिव शरीरलाई हेलिकप्टरबाट हतुवागढी लगिएको छ ।

राईलाई गाउँमा नै सँस्कार अनुसार अन्त्येष्टी गरिनेछ । गएको स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट राई उपाध्यक्षमा निवार्चित ४५ वर्षीय राईको शनिबार न्युरो हस्पिटल विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।

उपाध्यक्ष राईलाई गत भदौं २७ गते ज्वरो आएपछि भदौं २९ गते घोडेटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि भर्ना गरिएको थियो । त्यहाँ उनलाई जण्डिस देखापरेको थियो । फेरी दुई दिनपछि चेकगर्दा जण्डिस घटेको देखियो र ज्वरो पनि कम भएकोमा असोज १ गते बेलुका डिस्चार्ज गर्ने तयारी हुदैगर्दा उपाध्यक्ष राईलाई विहान एक्कासी पखाला लागेको र रक्तचाप कम देखिएपछि जिल्ला अस्पताल भोजपुरको सुझाव अनुसार वीपी प्रतिष्ठान ल्याइएको थियो ।

वीपीले कोसी अस्पताल लैजानु भनेकोमा न्यूरोमा लगेर आइसियूमा राखिएकोमा शनिबार विहान ३ बजे निधन भएकोहो । नेकपा जिल्ला सचिवालय सदस्य राई राई अविबाहित थिइन् ।

आइतबार, ०४ असोज, २०७७, बिहानको ११:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर