विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको शुक्रबार राति निधन भएको छ ।

हतुवागढी–४ फलामढुङगाकी ४७ वर्षीया उपाध्यक्ष राईको शुक्रबार राति न्युरो अस्पताल विराटनगरमा निधन भएको हो ।

नेकपा जिल्ला सचिवालय सदस्य रहनुभएकी राईलाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हुँदै न्युरोमा ल्याइएको थियो । भदौ २९ गते ज्वरो आएपछि प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारमा उपचारका लागि भर्ना भएकी राईमा जन्डिस र रक्तचापको कमी देखिएपछि असोज १ गते प्रतिष्ठानमा ल्याईएको थियो ।

प्रतिष्ठानबाट न्युरोमा ल्याएर उपचार गर्ने क्रममा उहाँको मृत्युु भएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम थुलुङ राइले जानकारी दिनुभयो ।