काठमाडौं । शुक्रबार देशभर २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै उच्च हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमित थपिएका हुन्।
योसँगै देशभर संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनाबाट निको भइ घर फर्किँदा निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।
गएको २४ घण्टामा थप ७ जना मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ३ सय ९० जनामा कोरोना देखिएको छ।

