छाडा चौपायाको घाँडीमा रिफ्लेक्टिभ बेल्ट

विराटनगर । दुर्घटनामा परि छाडा चौपायाको मृत्यु हुने क्रम बढेपछि १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले चौपायको घाँटीमा ‘रिफेक्टिभ बेल्ड’ बाँध्ने अभियान सुरू गरेको छ ।

प्रदेश ट्राफिक प्रहरीले बिहीबारदेखि छाडा चौपायको घाँटीमा उज्यालो प्रकाश भएको ‘रिफेक्टिभ बेल्ड’ बाध्ने अभियान सुरू गरेको हो ।

अभियान प्रदेश १ को राधजानी विराटनगरबाट सुरू भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी सन्जिप शर्माले जानकारी दिनुभयो । ‘पछिल्लो समयमा राजमार्गमा सवारी दर्घटनमा परि चौपायको मृत्यु हने क्रममा बढेको छ,’ ट्राफिक प्रहरी प्रमुख एसपी शर्माले भन्नुभयो, ‘दुर्घटना न्यूनिकरण गर्न दिउँसो र रातको समयमा चम्किलो प्रकाश देखिने रिफेक्टिभ बेल्ड चौपायाको घाँटीमा बाध्ने अभियानको शुभराम्भ भएको छ । यो अभियान १४ वटै जिल्लामा पुग्नेछ ।’

एसपी शर्माका अनुसार शुक्रबार सुनसरीको इनरुवामा २७ वटा छाडा चौपायालाईको घाँटीमा रिफेक्टिभ बेल्ड बाँधिएको छ । ‘छाडा छोडिएको चौपाया भेटेपछि हामीले उज्यालो प्रकाश भएको बेल्ड घाँटीमा बाँधेका छौं,’ एसपी शर्माले भन्नुभयो, ‘घाँटीमा रिफेक्टिभ बेल्ड बाँधेपछि सवारी चालकले परैबाट चौपाया देख्न सक्छन् र दुर्घटना कम हुनसक्ने विश्वास लिएका छौं ।’ मोरङबाट सुरू भएको यो अभियान प्रदेश १ को सबै जिल्लामा पुग्ने एसपी शर्माको भनाई छ ।

इनरुवापछि धरान र इटहरीको शहरमा छोडिएको चौपायाको घाँटीमा रिफेक्टिभ बेल्ट बाँध्ने तयारी गरिएको छ । इनरुवा र विराटनगरमा गरि करिब ६० वटा छाडा चौपायाको घाँटीमा रिफेक्टिभ बेल्ड बाँधिएको ट्राफिक प्रहरीले जनाएको छ । छाडा चौपायको घाँटीमा रिफेक्टिभ बेल्ड बाँध्न २ सयको संख्यामा बेल्ट बनाइएको छ ।

विराटनगरमा हालसम्म ३० वटा छाडा चौपायाको घाँटीमा रिफेक्टिभ बेल्ट बाँधिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश कुमार पौदारले बताउनुभयो । प्रदेशको सबैभन्दा बढी झापा, मोरङ र सुनसरीमा चौपाया दुर्घटनमा परि मृत्यु बढी हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

पूव–पश्चिम राजमार्गको जंगलमा चौपाय बढी र्दुघटना हुने गरेको छ । गएको ५ वर्षमा ३६ वटा चौपायाको दुर्घटनामा परि मृत्यु भएको छ भने १८ वटा घाइते भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । अघिल्लोे आर्थिक वर्ष ०७५÷०७६ मा १० वटा चौपायाको दुर्घटनमा परि मृत्यु भएको थियो भने ३ वटा घाइते भएका थिए ।

आर्थिक वर्ष ०७६÷०७७ मा ११ वटा चौपायाको दुर्घटनमा परि मृत्यु भएको र २ वटा घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

शुक्रबार, ०२ असोज, २०७७, साँझको ०७:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर