इटहरी । सुनसरीमा बिहीबार थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा धरानमा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी दुहबीमा १३ जना, इटहरीमा ५ जना र गढी गाउँपालिकामा २ जनामा कोरोना देखिएको छध । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३६७ पुगेको छ ।
संक्रमितमध्ये ७६० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

