गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य बामदेव गौतम राष्ट्रिय सभामा मनोनित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा गौतमलाई राष्ट्रिय सदस्य मनोनयन गर्नुभएको हो ।

प्युठान, दाहाक्वारी १–का स्थायी बासिन्दा रहनुभएका नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने नेकपाको सचिवालयल बेठकले निर्णय गरेको थियो । पार्टीको निर्णय अनुसार नै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी राष्ट्रपति समक्ष नाम सिफारिस गर्नुभभएको थियो ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार राष्ट्रपतिले राष्ट्रियसभामा मनोनयन गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट आज जारी विज्ञप्तिमा जनाइएको छ ।

बिहिबार, ०१ असोज, २०७७, दिउँसोको ०४:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर