विराटनगर । विराटनगरमा कोरोना भाइरसको संक्रमणका कारण बुधबार राति थप एकजनाको मृत्यु भएको छ ।
कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका विराटनगर ६ का ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्यमा समस्या भएपछि बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृत्यु भएको थियो । मृत्युपश्चात स्वाब संकलन गरेर जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको अस्पतालका आइसोलेसन इञ्चार्ज डा.लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।
ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्नले ती पुरुषलाई लाइफगार्ड अस्पताल विराटनगर हुँदै कोशी पुर्याएका थिए । लाईफगार्ड अस्पतालले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई कोशी अस्पताल पठाएको थियो ।
योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।