विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे १७ दिनपछि कोरोनामुक्त हुनुभएको छ।
कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा गत भदौ १५ गते मन्त्री घिमिरेमा कोरोना पुष्टि भएको थियो ।
कोरोना देखिएपछि क्वाटरमा नै आइसोलेसन बस्नुभएका मन्त्री घिमिरेको भदौ २५ गते गरिएको परिक्षणमा पनि पोजेटिभ नै देखिएको थियो । घिमिरेको बुधबार तेस्रो पटक संकलन गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको उहाँका प्रमुख स्वकीय सचिब तिलकबहादुर बस्नेतले जानकारी दिनुभयो ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि मन्त्री घिमिरेलाई झाडापखाला र ज्वरो आएको थियो। त्यसपछि उहाँको स्वाब संकलन गरि परिक्षण गर्दा कोरोना देखिएको थियो।
मन्त्री घिमिरेमा संक्रमण पुष्टि भएपनि उहाँको परिवारका सदस्य र सचिवालयका कर्मचारीको रिपोर्ट नेगेटिभ आएको थियो । स्वकीय सचिब राम पोख्रेलको रिपोर्ट पोजेटिभ आएपनी उनी मन्त्री घिमिरेको क्लोज कन्ट्याक्टमा थिएनन ।
बधाई छ मंत्री जु कोरोना लाई जितेर आउनु भाकोमा ।