कोरोना संक्रमित कांग्रेस महामन्त्री अस्पताल भर्ना

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका कांग्रेस महामन्त्री डा। शशांक कोइराला अस्पताल भर्ना हुनुभएको छ ।

निमोनियाको शंका लागेपछि कोइरालालाई मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम् अस्पताल भर्ना गरिएको हो ।

कोइरालालाई माइल्ड खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको छ । उहाँमा हल्का ज्वरो र रुघाखोकी देखिएको भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उहाँलाई आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको छ ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टि भएको थियो ।

बुधबार, ३१ भदौ, २०७७, दिउँसोको १२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर