विराटनगर । सुनसरीको धरानमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
धरान १७ का ७० बर्षीया वृद्धको मंगलबार २ बजेर २० मिनेटमा उपचारको क्रममा मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएर उपचारको लागि अस्पताल लगिएको थियो । मृतकलाई उच्च रक्तचापको समस्या थियो । योसँगै धरानमा कोरोना संक्रमित मृतकको संख्या ८ पुगेको छ ।

