लोड हुँदैछ...

मेनु

सुनसरीमा १२ कैदीसहित ३२ संक्रमित थपिए

सुनसरीमा १२ कैदीसहित ३२ संक्रमित थपिए

इटहरी । सुनसरीमा मंगलबार झुम्का कारागारका १२ जना कैदीसहित ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार धरानमा २ महिला र ५ पुरुष, दुहबीमा २ पुरुष र ७ महिला, इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

केही दिनअघि उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएका झुम्का कारागारका पुरुषको क्लोज कन्ट्याक्टमा रहेकाहरुको परीक्षण गर्दा कोरोना देखिएको स्वास्थ्य कार्यालयका कोभिड १९ का फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिनुभयो । योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १२५५ पुगेको छ ।

अहिले सम्म ५९१ जना डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ । जिल्लामा ६५७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।