विप्लव समूहका सेक्रेटरी जेल चलान

ताप्लेजुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ताप्लेजुङ सेक्रेटरी किशोर मेन्याङ्बो कारागार चलान भएका छन्।

शनिबार फक्ताङ्लुङ गाउँपालिका ३ सिँवाबाट प्रहरीले नियन्त्रणमा लिएका ४२ वर्षीय मेन्याङवोलाई आइतबार कारागार चलान गरिएको हो ।

जिल्ला अदालत ताप्लेजुङले तोकेको २० हजार रुपैयाँ धरौटी नबुझाएपछि उनलाई कारागार चलान गरिएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मेन्याङ्बोविरुद्ध भानु मावि लगायतका स्थानमा बम विस्फोट गराएको घटनामा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ ।

ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका २ निवासी मेन्याङ्बोलाई दर्जनौ मोबाइलका सिमकार्ड र विभिन्न दस्तावेजसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । श्रेष्ठका अनुसार वम विस्फोट घटनामा संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएपछि प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

सोमबार, २९ भदौ, २०७७, दिउँसोको १२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर