विराटनगर । सरकारले कोरोना भाईरसको पिसिआर परीक्षण शूल्क आधा घटाएको छ ।

सरकारले मुल्य घटाएसँगै अब पीसीआर जाँचकाे शुल्क २ हजार रुपैयाँ मात्र लाग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बजारमा रिएजेन्टकाे मुल्य घटेका कारण निजी र सरकारी प्रयोगशालामा अव २ हजारमा पीसीआर जाँच हुने बताउनुभयो । सरकारले सुरुमा एउटा पिसिआर परिक्षणमा १५ हजार रुपैयाँ लाग्ने बताएको थियो ।

सशुल्क पीसीआर जाँचको मुल्य सुरुवातमा ५५०० रुपैयाँ तोकिएको थियो । तर, निजि ल्याबले त्योभन्दा कममा परिक्षण थालेपछी ४५ सय र अर्कोपटक ४ हजार शुल्क तोकियो । अहिले निजि ल्याबले २ हजारदेखि २५ सयमा परिक्षण थालेपछि सरकारले पनि शुल्क घटाएको हो ।