लोड हुँदैछ...

मेनु

विराटनगरको कोभिड अस्पतालमा अर्का संक्रमितको मृत्यु

विराटनगरको कोभिड अस्पतालमा अर्का संक्रमितको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण शनिबार विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताका डा. दिपक सिग्देलका अनुसार मृतक पुरुषमा सुगर र प्रेसरको समस्या रहेको थियो ।

वृद्धको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको छ । प्रदेश १ मा अहिलेसम्म मृत्यु भएका ४७ जनामा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।