दमक । झापाको शिवसताक्षीमा करेन्ट लागेर एक जना शिक्षकको मृत्यु भएको छ ।
दमकको हिमालय माध्यमिक विद्यालयमा कार्यरत् महेन्द्रराज शेर्माको करेन्ट लगाएर माछा मार्ने क्रममा शुक्रबार अवरान्ह मृत्यु भएको हो ।
शिवसताक्षी नगरपालिका–८ घर भएका शेर्माको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिले पुष्टि गरेको छ । विद्यालयका प्रध्यानाध्यापक ओमप्रसाद आचार्यका अनुसार प्राथमिक तहमा कार्यरत शेर्मा ४ वर्षदेखि हिमालय माध्यमिक विद्यालयमा कार्यरत थिए ।
घर छेउमै रहेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक शेर्मालाई नै करेन्ट लागेको थियो । उनलाई तत्काल उपचारको लागि लाईफलाईन अस्पताल लगिएकोमा अस्पताल पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।