काठमाडौं । कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका ७ बस्ने ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीको हत्या गरेका हुन् ।
महर्जनले काठको भाटाले हिर्काउँदा शम्भु गम्भीर घाइते भएकोमा उपचारको क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) रूकेश तन्डुकारले जानकारी दिनुभयो ।
चौधरीले केही दिनअघि मात्रै महर्जनको घर छाडेर अन्तै बस्न थालेका थिए। तर, चौधरी शुक्रबार मापसे गरी महर्जनको घरमा झगडा गर्न पुगेपछि घटना भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।