लोड हुँदैछ...

मेनु

विराटनगर २ का वडाध्यक्षलाई कोरोना संक्रमण

विराटनगर २ का वडाध्यक्षलाई कोरोना संक्रमण

विराटनगर । विराटनगर महानगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्षलाई कोरोना संक्रमण भएको छ ।

बुधबार वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

महानगरका जनप्रतिनिधिमा कोरोना देखिएको यो पहिलो घटना हो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरेलको बुधबार बेलुका पोजेटिभ रिपोर्ट आएको महानरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख रमेश कार्कीले वडा अध्यक्षको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो । वडा अध्यक्ष पोखरेलले पनि आफ्नो रिपोर्ट पोजेटिभ आएको भएपनी कुनै लक्षण र समस्या नरहेको जानकारी दिनुभएको छ । उहाँ होम आइसोलेशनमा बस्नुभएको छ ।

बुधबार बिराटनगरमा ६८ जनामा कोरोना देखिएको महानगरपालिकाले जनाएको छ । योसगै विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ३५१ पुगेको छ ।

संक्रमितमध्ये ७८९ जना संक्रमणमुक्त भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।