जाँते । मोरङको लेटाङ्ग ९ जाँतेका कोभिड १९ को कहरमा परी हातमुख जोर्न सकस परिरहेका स्थानीय ४० परिवारलाई फुड बैंकमार्फत खाद्यन्न तथा औषधिसमेत वितरण गरिएको छ ।
विपन्न परिवारहरुलाई ५ किलो चामल, एक–एक किलो नुन र दाल, आधा लिटर तेल र एक पावा सोयाविनसहित ज्वरोको औषधि वितरण गरिएको हो ।
लियो क्लव अफ् लेटाङ्गका अध्यक्ष एवं अभियन्ता राजेश ढकालका अनुसार चिकित्सकको प्रेस्किप्सन भएमा दिर्घरोगको औषधि पनि उपलब्ध गराईनेछ । सुत्केरी तथा अशक्तहरुलाई अभियानका सहयोगी युवाहरुमार्फत घरमै सहयोग प्याकेज पुर्याइएको छ ।
लामो लकडाउनको कारण दैनिक ज्यालादारी गरी छाक टार्ने अति विपन्नहरुको निभेको चुल्हो बाल्न सहयोग गर्ने उद्देश्यले यस्तो कार्य गरेको फुड बैंक अभियन्ता एवं लायन्स क्लव अफ् लेटाङ्गकी संस्थापक अध्यक्ष शान्ति गुरुङ्ग पाख्रिनले बताउनुभयो । ‘सहजतामा दिएर जाऔं, अभावमा लिएर जाऔं, आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने मुल नाराका साथ संचालन गरिएको उक्त फुड बैंकमा दाताहरुबाट प्राप्त जिन्सी वा नगदबाट खाद्यसामाग्री खरिद गरि वितरण गर्दै आएको अभियान संयोजक अनिष ढकालले बताउनुभयो ।
अभियानमार्फत अहिलेसम्म लेटाङ्ग बजारका सयौं विपन्नहरुलाई खाद्यन्न तथा औषधि वितरण गरिसकिएको संयोजक ढकालले बताउनुभयो । कार्यक्रम लियो तथा लायन्स क्लव अफ् लेटाङ्गको आयोजनामा सम्पन्न भएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।