इटहरी । सुनसरीमा सोमबार थप ५२ जना कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २३ पुगेको छ ।
पछिल्लो पिसिआर परीक्षणमा इनरुवा नगरपालिकामा ८ पुरुष र २३ महिला गरी ४० जना, इटहरी उपमहानगरपालिकामा ७ पुरुष र ३ महिला गरी १० जना र गढी गाउँपालिकामा १ पुरुष र १ महिला गरी २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा अहिलेसम्म ४ सय १७ जना निको भएका छन् ६ जनाको मृत्यु भएको छ ।

