विराटनगर । कोरोनासँग मिल्दो लक्षण भएकी विराटनगरकी एक महिलाको विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका ९ की ७० वर्षीय महिलाको शनिबार अस्पतालमा मृत्यु भएको हो ।
ज्वरो र स्वास्वप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आकस्मिक कक्षमा शनिबार विहान भर्ना गरिकी महिलाको उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका डा. लक्ष्मीनारयण यादवले जानकारी दिनुभयो । उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले स्वाब संकलन गरि परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशलामा पठाएको अस्पतालले जनाएको छ ।
कोरोनाको कारण पछिल्लो २४ घण्टामा मोरङका ३ जनाको मृत्यु भइसकेको छ । शुक्रबार साँझ धरानमा विराटनगरका एक महिला, कोशी अस्पपतालमा विराटनगरकै महिला र कोशी कोभिड अस्पतालमा धनपालथान गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ ।