विराटनगर । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डि.एस.पी वेद प्रसाद गौतमलाई वैश्य युवा संघ मोरङ्गले बिदाई गरेको छ ।
प्रदेश नं. १ को राजधानी विराटनगरमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न विगत १५ महिनाको कार्यकाल सफल रहेको भन्दै संघले शुक्रबार डि.एस.पी गौतमको बिदाई गरेको हो । डि.एस.पी गौतमले आफ्नो कार्यकालमा लागुऔषध, दुव्र्यसनी, चोरी निकासी, हत्याहिंसा जस्ता विभिन्न घटनाको सफल अनुसन्धान गर्नुभएको थियो । डि.एस.पी गौतम अपराध अनुसन्धानका साथै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहनुभएको थियो ।
बिदाई कार्यक्रममा भने नेपाल वैश्य युवा संघ मोरङ्गका अध्यक्ष गणेश शाह, उपाध्यक्ष दिपेन्द्र स्वर्णकार, सचिव प्रेमनाथ गुप्ता, कोषाध्यक्ष डाक्टर शिवशंकर साह र सल्लाहकार सन्तोष शाह लगायतका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।