विराटनगर । इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी हवल्दार पदमबहादुर खड्का र प्रहरी चौकी खार्ताम्छा खोटाङमा कार्यरत प्रहरी हवल्दार रामकुमार चौधरी सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरले खड्कालाई असार महिनाको र चौधरीलाई साउन महिनाको सर्बोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
विभागीय मूल्य मान्यता, आदेश र निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेर अवैध लागुऔषध खैरो हिरोईन, ब्राउन सुगरलगायतका प्रतिबन्धित लागुऔषध कारोबारी नियन्त्रणमा लिएकोले खड्कालाई उत्कृष्ट घोषित गरिएको हो । यसैगरी कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ कर्तब्य ज्यान जस्तो जघन्य अपराध गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरेकोले सशस्त्र प्रहरी सेनामुख खोटाङ दरवन्दी भई प्रहरी चौकी खार्ताम्छा खोटाङमा कार्यरत प्रहरी हवल्दार चौधरी साउनको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरुमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।